सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति?

`

     २०७८ माघ १९ गते ६:१४

काठमाडौँ, १९ माघ । आज बुधबार सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ ।

हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदी १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?