एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, स्थानीय तह निर्वाचनको बारे छलफल हुने

`

     २०७८ माघ १९ गते ६:०२

काठमाडौँ, १९ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?