जापानद्वारा नेपालको खोप भण्डारण क्षमता विस्तारका लागि सहयोग

`

     २०७८ माघ १८ गते ७:५६

काठमाडौँ, १८ माघ । जापानले नेपालमा कोरोना खोप भण्डारण क्षमतालाई विस्तार गर्नका लागि अनुदान सहायता उपलब्ध गराएको छ।

युनिसेफसँगको सहकार्यमा जापानले ९ वटा वाक इन कुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेनेटर, एक हजार १०९ वटा भ्याक्सिन क्यारियर्स र ५३ वटा कोल्ड बक्स उपलब्ध गराएको हो।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले हाल नेपालले कोभिड-१९ को तेस्रो लहरको सामना गरिरहेको र यो बेला खोप अभियान महत्वपूर्ण रहेको उल्लेख गर्दै खोप भण्डारण क्षमतालाई थप विस्तार गर्नका लागि आवश्यक उपकरण सहयोग गरिएको बताए।

जापानले यसअघि पनि कोभिड महामारीलाई लक्षित गरी नेपाललाई एम्बुलेन्स, विभिन्न प्रकारका मेडिकल सामग्री सहयोग गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?