क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण

`

     २०७८ माघ १८ गते ७:०८

काठमाडौँ, १८ माघ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले आफूलाई कोरोना संक्रमण भएको सोमबार ट्वीटर गरेर जानकारी गराएको छ ।

उनले भनेका छन् – मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु ।

साथै उनले सोही ट्वीटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?