काठमाडौँ, १८ माघ । मंगलबार सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १२४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




