अनेरास्ववियूले सञ्चार मन्त्री कार्कीलाई कालो झन्डा देखाउँदै प्रदर्शन

`

     २०७८ माघ १८ गते ५:३७

काठमाडौँ, १८ माघ । ललितपुरको पुल्चोकस्थित मन्त्री क्वार्टरअगाडि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले कालो झण्डा देखाएको छ ।

स्थानीय तहको निर्वाचनको मिति तत्काल घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएको अनेरास्ववियूले त्यही बेला मन्त्री कार्की क्वार्टरबाट निस्किएपछि कालो झण्डा देखाएको हो ।

एमालेले संविधान र वर्तमान कानुनबमोजिम नै स्थानीय तहको निर्वाचन हुनुपर्ने बताउदै आएको छ भने सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ ।

जेठमा स्थानीय निर्वाचन गर्दा वर्तमान स्थानीय तहको निर्वाचन ऐनमा संशोधन गर्नुपर्ने हुन्छ । गठबन्धन र सरकार भने ऐन संशोधनको तयारीमा जुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?