काठमाडौँ, १७ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
पछिल्लो २४ घन्टामा ८१९१ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै सोही अवधिमा ८ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ७९ हजार २७२ जना कोरोनाका सक्रिय संक्रमित छन्।




