नेपालले मौरिसस लाई हरायो

`

     २०७८ माघ १५ गते २:०६

काठमाडौं, १५ माघ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले मौरिससलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मौरिसविरुद्धको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी हासिल गरेको छ । नेपालको जितमा विमल घर्तीमगर नायक बने ।

अन्जन विष्टको लामो पासमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट विमलले प्रहार गरेको बलले पोस्टमा लाग्दै जाली चुमेको थियो ।उनले खेलको ५५औँ मिनेटमा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । नेपालले पहिलोपटक अफ्रिकी टोलीसँग अन्तर्राष्ट्रिय खेल खेलेको हो । नेपालले अब मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेल मङ्गलबार खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?