काठमाडौँ, माघ १४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका छन् ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले ३५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको हो ।
केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका हुन् । कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र वरिष्ठताका आधारमा केन्द्रीय सदस्यहरु रहेका छन् ।
४६ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ३५ जना सदस्यमात्र चयन गरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।




