काठमाडौँ, १४ माघ । पर्सा प्रहरीले लागूऔषध गाँजासिहत ४ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा पर्सा प्रहरीले गणेश साहको घरबाट बहुदरमाइ नगरपालिका-९ का विश्रामपुरका ६० वर्षीय गणेश साह कलवार, बहुदरमाइकै ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारीका ४२ वर्षीय दसाही दास रहेका छन् ।
प्रहरीले गणेश साह र सन्तोष साह कलवारबाट ७४-७४ केजी तथा सुरेस दास र दसाही दासबाट ७-७ केजी लागू औषध गाँजा बरामद गरेको छ ।
उनीहरुमाथि लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




