काँग्रेसको केन्द्रीय समिति बैठक शुक्रवार बस्दै

`

     २०७८ माघ १३ गते ८:४४

काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

‘केन्द्रीय कार्यसमितिको आकार ठूलो भएकाले भर्चुअल बैठक बस्छ,’ महामन्त्री थापाले भने, ‘शुक्रबार ११ बजे बैठक बस्छ ।’

कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।

महाधिवेशनबाट १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए भने सभापतिमा दोस्रो बढि मत पाउने स्वतह केन्द्रीय सदस्य हुने विधानको व्यवस्था अनुसार डा शेखर कोइराला केन्द्रीय सदस्य भएका हुन् । ३३ जना सभापतिले मनोनित गर्न पाउने सुविधा छ । जसअनुसार १३ जना केन्द्रीय सदस्य मनोनित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?