काठमाडौँ, ११ माघ । अेमेरिकी प्रविधि वेबसाइट द भर्जका अनुसार ट्विटर यतिबेला (ट्विटर फ्लक) भन्ने फिचर सार्वजनिक गर्ने तयारीमा छ। यो फिचरको मद्दतमा कुनै पनि प्रयोगकर्ताले आफ्नो ट्विट अन्य सिमित प्रयोगकर्ताहरूले मात्रै देख्न मिल्ने बनाउन मिल्छ।
तर कम्पनीका अनुसार इन्स्टाग्रामको क्लोज फ्रेन्ड्सको तुलनामा ट्विटरको क्लोज फ्लक केही भिन्न छ।
ट्विटरले गत जुलाईमा मात्रै यही फिचरबारे केही झलक र विशेषता सार्वजनिक गरेको थियो।
ट्विटरले गत सेप्टेम्बरमा इन्भाइट-ओन्लीु भन्ने फिचर सार्वजनिक गरेको थियो। जुन फिचरको मद्दतमा आफ्नो जस्तै रुची भएका प्रयोगकर्तासँग सम्पर्क अथवा ट्विट सेयर गर्न सकिन्थ्यो।
ट्विटरले यो फिचर कहिलेदेखि आम प्रयोगकर्तामाझ सार्वजनिक गर्दैछ भन्नेबारे कम्पनीले बताएको छैन।




