काठमाडौँ, माघ १० । बेलायतले युक्रेनस्थित बेलायती दूतावासमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको विषयमा गरिएको सम्बोधनमा प्रधानमन्त्री जोन्सनले यूक्रेनमाथि हमला गरेमा रूसमाथि बेलायतले आर्थिक नाकाबन्दी गर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।
प्रधानमन्त्री बोरिस जोन्सनले युक्रेनमाथि रुसले आक्रमण गरे त्यसको परिणाम घातक सिद्ध हुने चेतावनी दिएका छन् ।
‘विभिन्न जासुसीका अनुसार युक्रेन(रूस सीमा क्षेत्रमा रूसी सेनाका ६० समूह छन्‚ जसले युक्रेनको राजधानी किभमा आक्रमण गर्ने योजना बनाइरहेका छन्‚’ प्रधानमन्त्री जोन्सनले भने ।
बोरिस जोन्सनले बेलायतले विभिन्न रक्षात्मक हतियारहरू यूक्रेनमा पठाइरहेको भन्दै यूक्रेनी नागरिकको रक्षाका लागि बेलायत उभिएको बताए ।




