" /> मानव अधिकार आयोगद्वारा विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुन सरकार र विश्वविद्यालयलाई आग्रह - Sarbocha Media

मानव अधिकार आयोगद्वारा विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील हुन सरकार र विश्वविद्यालयलाई आग्रह

`

     २०७८ माघ ०५ गते ११:३३

काठमाडौँ, ५ माघ । राष्ट्रिय मानव अधिकार आयोगले सरकार र विश्वविद्यालयलाई विद्यार्थीको स्वास्थ्य र शिक्षासम्बन्धी अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ।

बुधबार काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेशनल कलेजमा स्वास्थ्य मापदण्ड पालना नगरेको भन्दै परीक्षा दिन गएका विद्यार्थीहरूले आन्दोलन गरेका थिए। त्यसक्रममा एक जना विद्यार्थी घाइते भएका छन् भने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नागरिकमा पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डहरूको पालना गर्न, गराउन र परीक्षा वैकल्पिक उपाय अपनाएर सञ्चालन गर्न आयोगले सरकार, विश्वविद्यालय र सबै निकायलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?