लोक सेवा आयोगका परीक्षा स्थगित गर्न छलफल शुरु

`

     २०७८ माघ ०५ गते १०:०४

काठमाडौँ, ५ माघ । कोरोना संक्रमण बढ्दै गएपछि लोक सेवा आयोगका परीक्षा स्थगित गर्ने विषयमा छलफल शुरु भएको छ ।

आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले भने, ‘अहिलेसम्म स्वास्थ्य सुरक्षाका मापदण्ड बमोजिम परीक्षा सञ्चालन गरिरहेका छौं, अब के गर्ने भनेर आयोगमा अनौपचारिक छलफल शुरु भएको छ ।’

त्यसैले बिहीबारको आयोगको बैठकको एजेण्डामा परीक्षा स्थगितको विषय पनि समावेश गरिएको आयोगका एक सदस्यले बताए ।

आयोगले हाल संगठित संस्थाहरुको परीक्षा सञ्चालन गरिरहेको छ । अब उपसचिवको परीक्षाको पनि तयारी भइरहेको छ । यही माघ ११ गतेदेखि तय गरिएको उपसचिवको परीक्षा स्थगित गर्ने विषयमा आयोगमा छलफल भइरहेको छ ।

तर जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेका आदेशमा परीक्षा सञ्चालनमा रोक लगाइएको छैन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले यही माघ ४ गते जारी गरेको नयाँ आदेशमा विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सन्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?