कोरोनाको महामारी बढेपछि एमालेको सम्पूर्ण कार्यक्रम स्थगित

`

     २०७८ माघ ०५ गते ७:२१

काठमाडौँ, ५ माघ । कोरोनाको महामारी बढेपछि नेकपा एमालेले पार्टी र जनसंगठनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ ।

एमाले कार्यालय सचिव डा. भीष्मराज अधिकारीले पार्टीको प्रदेश अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशनका साथै जनसंगठनका महाधिवेशन, अधिवेशन लगायतका कार्यक्रमहरु स्थगित गरिएको बताए ।

२५ जनाभन्दा बढी मान्छे सहभागी हुने सबै प्रकारका कार्यक्रम स्थगित गरेपनि सो संख्याभन्दा बढी सहभागी हुने जुम बैठक, छलफल गर्न सकिने जनाएको छ । बुधबार सचिव अधिकारीले प्रदेश, जिल्ला, जनसंगठनलाई पत्राचार गर्दै पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्न निर्देशन दिएको बताए ।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम २५ जनाभन्दा बढी सहभागी नहुने गरी आवश्यक सतर्कता अपनाइ आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।

एमालेले माघ ८ गते सबै प्रदेशको प्रदेश अधिवेश, फागुनमा जनसंगठनका महाधिवेशन अधिवेशन सम्पन्न गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरेको कार्यक्रम स्थगित भएको छ ।

यस्तै, गत पुस २३ गते जिल्ला अधिवेशन गरेको एमालेले वाँकी रहेका २० भन्दा बढी जिल्लाहरुको अधिवेशनसमेत पछि गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?