नेपालमा थप १०२५८ सङ्क्रमित, १ जनाको मृत्यु

`

     २०७८ माघ ०४ गते १०:४९

काठमाडौँ, ४ माघ । नेपालमा थप १०२५८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९ हजार ४४ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?