काठमाडौँ, ३ माघ । विश्वभर कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले महामारीको रुप लिइसकेको छ । ओमिक्रोनले फरक–फरक व्यक्तिमा फरक लक्षण देखिएको छ । बेलायतको जेड्वोईले कोभिडको विषयमा गरेको अध्ययनले ओमिक्रोनको सबै २० वटा लक्षणहरुको बारेमा जानकारी दिएको छ ।
१. बास्ना नआउनु
२.ज्वरो
३. स्वाद नआउनु
४. नाकबाट सिँगान बग्ने
५.थकान
६. टाउको दुख्ने
७.घाँटी खसखस गर्नु
८.लगातार खोकी लाग्नु
९. कर्कश आवाज
१०. चिसो लाग्नु वा शरीरमा कम्पन हुनु
११.हाँच्छ्यु आउनु
१२. रिँगटा लाग्नु
१३. ब्रेन फग
१४. आँखा दुख्नु
१५. मांसपेशी दुख्नु
१६. भोक नलाग्नु
१७.छाती दुख्नु
१८. ग्रन्थीहरु सुन्निनु
१९. कमजोरी
२०.छालामा र्याशेज आउनु
स्वास्थ्य विशेषज्ञका अनुसार ओमिक्रोन भएको २ देखि ५ दिनमा नै लक्षणहरु देखिन्छन् । ब्रिटिश एपिडेमोलोजिस्ट टिम स्पेक्टरका अनुसार सामान्यतयाः रुघाखोकी जस्ता लक्षणहरु ओमिक्रोनको संक्रमण हुँदा पनि देखिन्छ । सामान्यतयाः ५ दिनसम्म भाइरस रहन्छ ।




