गीतकार डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ र गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने

`

     २०७८ माघ ०२ गते ७:५२

काठमाडौँ,२ माघ । वरिष्ठ गीतकार तथा समालोचक प्रा। डा। कृष्णहरि बराललाई सन् २०२१ को ‘प्रतिभा सम्मान’ प्रदान गरिने भएको छ ।

बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले उक्त पुरस्कारबाट आफूलाई सम्मानित गर्ने निर्णय गरेको बरालले जानकारी दिए । बराललाई ५० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित दोसल्ला ओढाएर ‘प्रतिभा सम्मान’ प्रदान गरिनेछ ।

लामो समयदेखि गीत लेखनमा सक्रिय प्रा। डा। बरालका थुप्रै गीत लोकप्रिय छन् । उनी समालोचनामा पनि उत्तिकै सक्रिय छन् ।

यसैगरी प्रतिष्ठानले संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने भएको छ । यस्तै गुरुङलाई १ लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

यसैगरी सयभन्दा बढी गीतमा संगीत सिर्जना र संयोजन गरेका गुरुङ संगीत प्रशिक्षक पनि हुन् ।

पुरस्कार आगामी चैतमा विशेष समारोहको आयोजना गरी हस्तान्तरण गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?