सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

`

     २०७८ पौष ३० गते ५:२५

काठमाडौँ, ३० पौष । आज सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बिहीबार चाँदिको मूल्यमा ५ रुपैयाँले वृद्धि हुदै १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?