नाइजेरियामा बन्दुकधारीले गाउँमा आक्रमण गर्दा १८ जनाको मृत्यु, २४ घर जलाए

`

     २०७८ पौष २९ गते ११:५२

एजेन्सि, २९ पौष । बन्दुकधारीहरुले नाइजेरियाको एक अस्थिर राज्यको मुख्य क्रिश्चियन गाउँमा आक्रमण गर्दा कम्तीमा २४ ओटा घरहरू जलाए भने १८ व्यक्तिको मृत्यु भएको छ ।

पठार राज्यमा मुस्लिम र क्रिश्चियन किसानहरू बीचको वर्षौंदेखि संघर्ष चलिरहेको छ । यद्यपि अधिकारीहरूले प्रायः आपराधिक गिरोहहरुलाई हालैका आक्रमणहरुको लागि दोष लगाउँदै आएका छन् ।

“आक्रमणकारीहरु रातको समयमा बन्दुक लिएर गोली हान्दै आएका र केही समयपछि मात्र सुरक्षाकर्मीहरु पुगेका आन्चा निवासी डिक्सन अटाले टेलिफोनमार्फत एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । “गोलीको आवाज सुनेपछि हामी मध्ये केही झाडीमा भाग्न सफल भयौं र यसरी हामी भाग्यौं।“स्थानीय इरिग्वे समुदायका नेता डेभिडसन मलिसनले बतायेका छन् । आक्रमणमा १८ जनाको ज्यान गएको उनिले बताएपनि आधिकारिक मृत्युको संख्या भने बताएका छैनन् ।

‘दुई घण्टाभन्दा बढी समयसम्म चलेको आक्रमणमा १८ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्,’ मलिसनले एक विज्ञप्तिमार्फत जानकारीदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?