काठमाडौँ, २९ पौष । संघीय सरकारका मन्त्रीहरूमा कोरोना संक्रमण देखिएपछि आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएको छ ।
नियमित रुपमा हरेक बिहीबार बस्दै आएको मन्त्रिपरिषद बैठक आज बस्ने या नबस्ने भन्ने टुंगो लागिसकेको छैन ।
स्रोतका अनुसार केही मन्त्रीहरु कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने केही कन्ट्रयाक्ट ट्रेसिङमा परेका छन् । यसका कारण मन्त्रीहरु उपस्थित हुन नसक्ने भएकाले मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको छ ।
यसअघि गत सोमबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक पनि बस्न सकेको थिएन ।




