काठमाडौँ, २७ पौष । नेपालमा पछिल्लो २४ घन्टामा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंगलबार देशभर ९ हजार ५ सय २२ जना कोरोनाका संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ जनाले ज्यान गुमाएका छन्।




