एजेन्सि, २६ पौष । सोमाली राष्ट्रिय सेना (एसएनए) र गाल्मुदुग क्षेत्रीय सेनाको समर्थनमा मध्य सोमालियाको एक सहरमा हुन लागेको एक आक्रमणलाई असफल पार्ने क्रममा २१ अल–शबाब लडाकूहरू मारिएका जनाइएको छ ।
एसएनए र गाल्मुदुग क्षेत्रीय सेनाले वीरतापूर्वक आक्रमणलाई असफल गरेको र २१ आतंककारीहरु मारिएका सरकारी स्वामित्व रहेको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।
मध्य र दक्षिणी क्षेत्रहरुमा अल–शबाब लडाकूहरुविरुद्ध सरकारी सेनाहरूद्वारा तीव्र कारबाहीहरु जारी रहेको छ । लडाकूहरूले अझै पनि ग्रामीण इलाकाहरू नियन्त्रण गर्ने र एम्बुसहरु थापेर विस्फोट गराउने कामहरु गर्दै आएका छन् ।




