माघ ३ पछि सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप कार्ड अनिवार्य

`

     २०७८ पौष २५ गते ३:३४

काठमाडौँ, पुुस २५ । माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।

कोरोना संक्रमितको संख्या ह्वात्त बढेसँँगै कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास अनिबार्य देखाउनु पर्ने छ ।

होटेल,कार्यालय,रंगशाला,सिनेमा हल, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण अनिबार्य देखाएर मात्रै सेवा लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?