नेपालमा थप ९४४ सङ्क्रमित थपिए

`

     २०७८ पौष २४ गते १०:४३

काठमाडौँ, २४ पौष । नेपालमा थप ९४४ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९७ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १४० पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कुनै पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?