३ दिनभित्र नारायणहिटी क्षेत्रमा बनाएको संरचना भत्काउन निर्देशन दिएसँगै शुक्रवार नै भत्काउन सुरु

`

     २०७८ पौष २३ गते १२:२९

काठमाडौँ, २३ पौष । नारायणहिटी दरबार क्षेत्रमा बतास समूहले बनाएका भौतिक संरचना भत्काउन सुरु गरिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ३ दिनभित्र नभत्काए आफैँ भत्काउने बताए पछी शुक्रबार नै भत्काउन थालेको हो ।

बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेका हुन् । समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्यययन गरी सुझाव पेश गर्न निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?