नेकपा एमालेद्वारा ६१ वटा जिल्ला कमिटीको अधिवेशन सुरु

`

     २०७८ पौष २३ गते १०:४७

काठमाडौँ, २३ पौष । नेकपा एमालेले शुक्रबार ६१ वटा जिल्ला कमिटीको अधिवेशन सुरु गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय थापाथलीको ‘वार रुम’ बाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।

एमालेको भूगोलतर्फकका ७७ वटा जिल्ला कमिटीको एकैपटक अधिवेशन गर्ने भनिए पनि शुक्रबार ६१ वटा मात्रै उद्घाटन गरिएको हो ।

अध्यक्ष ओलीले उद्घाटनमा मौसमी प्रतिकुलताको कारण सबै स्थानमा एकैपटक सम्पन्न गर्न नसकिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?