काजकिस्तानको गृह मन्त्रालयद्वारा आदेश बिना प्रदर्शनकारीमाथि गोली ठोक्न आदेश

`

     २०७८ पौष २३ गते १०:२२

काठमाडौँ, २३ पौष । कजाकस्तानमा सरकारविरोधी प्रदशर्नकारीलाई गोली ठोक्न गृह मन्त्रालयले आदेश दिइएको छ ।

इन्धनको मूल्य वृद्धिलाई लिएर कजाकस्तानमा केही दिन यता हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीचको झडपमा दर्जनौ प्रदर्शनकारी मारिएका छन् । शुक्रबारसम्म दुई हजार ३०० प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रदर्शन नियन्त्रण गर्न कजाकस्तानका राष्ट्रपति कासिम जोमाट टोकायभको अनुरोधमा रुसी फौज त्यहाँ पुगेको छ ।

गृह मन्त्रालयले ३ हजारभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । यद्यपि, प्रभावित क्षेत्रमा इन्टरनेट बन्द छ र धेरै कम जानकारी मात्र बाहिर आउने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?