नोबेल मेडिकल कलेजले बढी शुल्क मागेको विरोधमा कोसी राजमार्गमा चक्काजाम

`

     २०७८ पौष २३ गते ८:२४

काठमाडौँ, २३ पौष । नोबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबिबिएस अध्ययनरत विद्यार्थीले विराद्टनगरमा चक्काजाम गरेका छन् ।

विद्यार्थीले कोसी राजमार्गको कञ्चनबारी चोकमा चक्काजाम गरेका हुन् । विराटनगरको नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको र नदिने विद्यार्थीलाई कक्षामा प्रवेश निषेध गरेको थियो ।

विद्यार्थीहरुले अतिरिक्त शुल्क लिने कलेजको निर्णयको विरोधमा प्रदर्शन गर्दै आइरहेका थिए, शुक्रबार चक्काजाम गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?