कठमाडौँ, २२ पौष । नागरिकको विरोधपछि सुर्खेत-काठमाडौं हवाई भाडादर घटेको छ ।
गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत-काठमाडौं हवाई भाडादर घटेको हो ।
जस अनुसार गुण एयरलाइन्सले आजको भाडादर ६ हजार ३ सय रुपैयाँ तोकेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ भने १५० रुपैयाँ रिवार्ड दिएको छ ।
बुद्ध एयरलाइन्सले पनि गुण एयरलाइन्स समान भाडा तोकेका छ ।




