भारतीय किसानद्वारा प्रधानमन्त्री मोदी बाटोको अवरोध

`

     २०७८ पौष २१ गते १२:५५

काठमाडौँ, २१ पौष । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कार्यक्रममा जादै गर्दा किसानले बाटो अबरोध गरेको छ ।

समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए। मौसम खराब भएसँगै हेलिकप्टर उड्न नसके पछि झन्डै दुई घन्टाको सडक मार्गबाट गएको थियो ।

गन्तब्यमा पुग्नै लाग्दा मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए। मोदीको सवारी १५-२० मिनेट त्यहाँ रोकिदा पनि बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किएको हुन् ।

पन्जाबका किसानले मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन वटा कानुनको चर्को विरोध र आन्दोलन गरेका थिए।

पन्जाब कंग्रेस आई नेतृत्वको सरकार छ। मोदी पूर्वनिर्धारित कार्यक्रममा जान नसकेर फर्किएपछि अहिले यो विषयले भारत चर्चा पाएको छ।

सत्तारूढ भारतीय कांग्रेस पार्टीका नेताहरूले प्रदेश सरकार चलाइरहेको कंग्रेस आईको आलोचना गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?