काठमाडौँ, २१ पौष । नेपालमा थप ४३५ नामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७० र एन्टीजेन परिक्षणबाट ६५ गरि कुल ४३५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३९ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार २२५ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६०१ पुगेको छ ।




