काठमाडौँ, २१ पुस। एमबीबीएस अध्ययन गर्ने विद्यार्थीले विराटनगरको नोबेल मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।
कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् । यसअघि अतिरिक्त शुल्क छुट गरी पठनपाठन नगरे तालाबन्धि गर्ने चेतावनी दिएको थियो ।
कलेजले होस्टललगायत शीर्षकमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।



