सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, भारत भ्रमणका एजेन्डाबारे पनि बैठकमा छलफल हुने

`

     २०७८ पौष २१ गते ९:०६

काठमाडौँ, २१ पौष । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा प्रारम्भ भएको छ ।

विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।

भारतको गुजरातमा हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?