एजेन्सि, २१ पौष । कजाकस्तानका राष्ट्रपति कासिम जोमार्ट टोकाएभले देशका केहि स्थानमा दुई साता लामो आपत्कालको घोषणा गरेका छन् ।
देशमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा त्यहाँका स्थानीयले गरेको प्रदर्शन नियन्त्रणभन्दा बाहिर जान थालेपछि सरकारले आपत्काल घोषणा गरेको हो ।
राष्ट्रपति टोकाएभले देशको सबैभन्दा ठूलो शहर अलमाटी र पश्चिमी क्षेत्र मांगिस्ताउमा आपत्कालको घोषणा गरेको बीबीसीले जनाएको छ ।
देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा विभिन्न स्थानमा प्रदर्शनहरू भइरहेका छन् ।
प्रदर्शनले हिंसात्मक रुप लिन थालेपछि त्यसलाई नियन्त्रण गर्न अलमाटीमा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।




