काठमाडौँ, २१ पौष । उत्तर कोरियाले समुद्रमा एक अज्ञात मिसाइल प्रहार गरेको दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले जनाएको छ ।
जापानको कोस्ट गार्डले सबैभन्दा पहिले यसबारे जानकारी दिएको थियो । सो बालिस्टिक मिसाइल हुनसक्ने उनीहरूको भनाइ थियो । यसबारे पुष्टि हुन भने बाँकी रहेको छ ।
संयुक्त राष्ट्रले उत्तर कोरियामाथि कुनै पनि बालिस्टिक या परमाणु हतियार परीक्षणमा प्रतिबन्ध लगाएको छ । यदि यो पुष्टि भयो भने उत्तर कोरियाको वर्षको पहिलो क्षेप्यास्त्र प्रहार हुनेछ ।




