३ ट्रिलियन डलरको बजार मूल्य पुगेसँगै एप्पल बन्यो विश्वको ठुलो कम्पनी

`

     २०७८ पौष २१ गते २:०५

काठमाडौँ, २१ पौष । आईफोन निर्माता कम्पनि एप्पल ३ ट्रिलियन डलरको बजार मूल्य भएको विश्वको पहिलो कम्पनि बनेको छ ।

एप्पल पहिलो सार्वजनिक रूपमा ट्रेड गरिएको कम्पनी हो, जसको बजार मुल्य ३ ट्रिलियन डलर पुगेको छ ।

सोमबार एप्पलको शेयरहरू मुल्यमा ३ प्रतिशतले वृद्धि हुदै १८२.८८ डलर प्रतिशेयर पुगेर अहिले सम्मकै उच्च मुल्यमा पुगेपछि एप्पलले यो सफलता हासिल गरेको हो ।

अन्य पुराना मोडलहरूका साथै एप्पल म्युजिक, एप्पल टिभीं, आईक्लाउड र यसको लोकप्रिय एप स्टोर जस्ता सेवाको सदस्यताको बढ्दो मागका करण एप्पलको शेयर मुल्य निकै बढेको छ ।

अब एप्पलपछि ३ ट्रिलियन क्लबमा केहि कम्पनी हुनसक्ने देखिएको छ । जसमा माइक्रोसफ्ट अहिले लगभग २.५ ट्रिलियन र गुगलको मुख्य कम्पनि अल्फाबेटको बजार मूल्य लगभग २ ट्रिलियन रहेको छ । त्यस्तै अमेजनको अहिले बजार मुल्य १.७ ट्रिलियन छ भने एलन मस्कको टेस्लाको १.२ ट्रिलियनको बजार मूल्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?