प्रधानमन्त्री देउवा पूर्वी धरानमा

`

     २०७८ पौष २० गते ८:५८

काठमाडौँ, २० पौष । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (धरान डे) उद्घाटनलगायत कार्यक्रमका लागि धरानमा पुगेको छन्।

प्रधानमन्त्री देउवा धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारी रहेको फोहोर प्रशोधन केन्द्रमा पनि पुगेर फोहोर प्रशोधन केन्द्रको पनि उद्घाटन गरेका थिए।

साथै फोहोरमैला प्रशोधनबाट उत्पादन गरिएको ऊर्जाबाट सञ्चालन हुने सफारीको पनि प्रधानमन्त्री देउवाले उद्घाटन गरेका छन्। उद्घाटनपछि देउवा उक्त सफारीमा पनि बसेका थिए।

फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो। धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो।

यो केन्द्रबाट दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?