आजबाट ज्येष्ठ नागरिक वा खोप लगाएको दीर्घ रोगीलाई थप थप खोप दिने

`

     २०७८ पौष २० गते ५:३२

काठमाडौँ, २० पौष । सरकारले कोभिड-१९ विरुद्धको अतिरिक्त खोपको मात्रा दिन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, भेरोसेल वा सिनोफार्मको खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक वा जुनसुकै खोप लगाएका दीर्घरोगीलाई थप एक मात्रा खोप दिन सुरु गरिएको छ ।

अतिरिक्त मात्रा खोप लगाउन पुरानो खोप कार्ड र आफ्नो स्वास्थ्य उपचार गरेको कागजात लिएर खोप केन्द्रमा जानुपर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?