हुथी विद्रोहीद्वारा युएईको पानी जहाज कब्जा

`

     २०७८ पौष १९ गते १:३३

काठमाडौँ, १९ पौष । यमनको विद्रोही समूह हुथीले संयुक्त अरब इमिरेट्सको एक पानी जहाज कब्जा गरेको बताएको छ ।

सोमबार हुथी विद्रोहीका सैन्य प्रवक्ताले याहिआ सरीले अनुमतिबिना यमनको जल क्षेत्रमा प्रवेश गरेकाले हातहतियार बोकेको संयुक्त अरब इमिरेट्स (यूएई) को पानी जहाज आफूहरूले कब्जा गरेको बताएका छन् ।

हुथीले कब्जा गरेको पानी जहाजमा स्वास्थ्य सामग्री रहेको गठबन्धन सेनाको दाबी रहेको छ ।

‘हुथी मिलिसियाले तत्काल पानी जहाज रिहा गर्नुपर्छ अन्यथा गठबन्धन सेनाले यो उल्लंघनसँग जुध्न बल प्रयोगसहितका आवश्यक कदम एवं प्रक्रिया चाल्ने छ’, सोमबार गठबन्धन सेनाका प्रवक्ता ब्रिगेडियर जनरल टुर्की अल मलिकीले भने ।

इरान समर्थित हुथी विद्रोहीले सन् २०१४ मा राजधानी सानामाथि नियन्त्रण लिएपछि यमन द्वन्द्वमा फँसेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?