विश्व प्रसिद्ध संरक्षणवादी डा. रिचर्ड लीकीको निधन

`

     २०७८ पौष १९ गते ६:५९

एजेन्सि, १९ पौष । डा. रिचर्ड लीकीको निधन भएको छ । उनि अफ्रिकामा मानवजातिको विकास भएको प्रमाणित गर्न मद्दत गर्ने प्रमाणहरू पत्ता लगाउने केन्याली पेलियोएनथ्रोपोलोजिस्ट र संरक्षणवादी ब्यक्ति हुन् ।

डा. लिकीको आइतबार ७७ वर्षको उमेरमा निधन भएको केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले एक विज्ञप्तिमा पुष्टि गरेका हुन् ।

लीकी प्रख्यात पुरातत्वविद्हरूको परिवारबाट आएका थिए । उनको आमा, मेरी लीकीले १९७८ मा मानिस सोचेभन्दा धेरै पहिले सीधा हिड्ने प्रमाण फेला पारेकी थिइन् । उनी र उनको श्रीमान् लुइस लीकी पनि पुरातत्वविद नै थिए ।

रिचर्ड लीकी सम्भवतः आफ्नो जीवाश्मको खोजका लागि सबैभन्दा बढी चिनिन्छन् । विशेष गरी १९८४ मा टुरकाना बोयु को हड्डीको उत्खनन जसलाई १.६ मिलियन वर्ष पहिलेको जवान नर होमो इरेक्टसको लगभग पूर्ण कंकाल भएको बताइन्छ । रोयल सोसाइटीका अनुसार केन्यामा हात्ती र गैँडाको शिकार रोक्ने अभियानका उनी एक अग्रणी अभियन्ता थिए ।

एक वैज्ञानिकको रूपमा आफ्नो कामको अलावा, उनले केन्यामा केन्याको राष्ट्रिय संग्रहालयका निर्देशक र केन्या वन्यजीव सेवाको अध्यक्ष सहित केन्यामा धेरै आधिकारिक पदहरू सम्हालेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?