थप २१६ संक्रमित, २ जनाको मृत्यु

`

     २०७८ पौष १८ गते १०:३४

काठमाडौँ, १८  पौष । नेपालमा थप २१६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०९ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ७१ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?