काठमाडौँ, १८ पौष । पाल्पामा बस दुर्घटना हुँदा ७ को मृत्यु र ८ जना घाइते भएका छन् ।
लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडकखण्ड अन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा सडकबाट लगभग डेढ सय मिटर तल खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी मोहन खांणले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचार गर्न तानसेनस्थित मिसन अस्पतालमा उपचारका लागि पठाइएको खांणले बताए ।




