जम्मा-कश्मीरस्थित बिवात हुँदा १२ को मृत्यु २० घाइते

`

     २०७८ पौष १७ गते ४:२७

काठमाडौँ, १७ पौष । भारतको जम्मू-कश्मीरको वैष्णोदेवी मन्दिरमा भागदौड हुँदा १२ जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड मच्चिएको थियो ।

शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक-अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मू-कश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?