माओवादी महाधिवेशनको मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी

`

     २०७८ पौष १६ गते ७:५१

काठमाडौँ, १६ पौष । नेकपा माओवादीको जारी आठौं महाधिवेशनस्थलबाट ल्यापटप र प्रिन्टर चोरी भएको छ । चोरीको घटना आएपछि प्रवेशमा कडाइ गरेको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनको मिडिया सेन्टरमा राखिएको ल्यापटप र प्रिन्टर चोरी भएको प्रचार विभाग प्रमुख गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार मिडिया सेन्टरबाट ल्यापटप र प्रिन्टर चोरी भएकाले प्रवेशमा कडाइ गरिएको छ ।

फोटो पत्रकारबाहेकका पत्रकारलाईसमेत प्रवेशमा कडाइ गरिएको छ ।

महाधिवेशनस्थलमा सीसीटिभी भए पनि बन्द रहेको र शुक्रबारबाट पनि खोलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?