निर्वाचन अधिकृतको कार्यालय उद्घाटन, यस वर्षको राष्ट्रियसभाको निर्वाचन धनगढीमा हुँदै

`

     २०७८ पौष १५ गते १२:२७

काठमाडौँ, १५ पौष । राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । आउने माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनका लागि कार्यालयको उद्घाटन गरिएको हो ।

राष्ट्रियसभाको पहिलो निर्वाचन र दोस्रो, २०७५ को निर्वाचन डोटी जिल्लामा गरिएको थियो । यस वर्ष भने राष्ट्रियसभाको निर्वाचन धनगढीमा गरिने भएको हो ।

सुदूरपश्चिममा रिक्त हुने तीन पदका लागि ५२ जना प्रदेशसभा सदस्य, १ सय ७५ जना स्थानीय तहका प्रमुख र उपप्रमुखसहित २ सय २७ जना मतदाता रहेका छन् ।

प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधि रहेका छन् ।

कार्यालय उद्घाटन गर्दै निर्वाचन अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यही पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइनेछ ।

सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?