काठमाडौँ, १५ पौष । नेपालमा थप २४१ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२८ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ८ सय ७१ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९० रहेको छ ।




