ताइवान माथि चिन हाबी बन्दै, स्वतन्त्रताको माग गरे चीनले कठोर कदम चाल्ने

`

     २०७८ पौष १५ गते ५:४१

एजेन्सि, १५ पौष । ताइवानले औपचारिक रुपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सिएओगुआंगले भने, ‘ताइवानमा स्वतन्त्रताको माग गर्दै कुनै बिखन्डनकारी फौजले सीमा रेखा मिचेमा हामीले कठोर कदम चाल्नेछौँ ।’

त्यसअघि ताइवाानको मुख्यभूमि मामिलासम्बन्धी परिषद्ले एउटा विज्ञप्ति जारी गरेर बेइजिङलाई ताइवानतर्फ गम्भीर ढंगले सोच्न आग्रह गरेको थियो । चीनले ताइवानलाई आफ्नो भूभाग बताउँदै आएको छ भने ताइवानले पनि आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्दै आएको छ । पछिल्लो दुई वर्षमा चीनले ताइवानको भूभागमा सैन्य तथा कूटनीतिक दबाब दिँदै आएको छ ।

ताइवानमाथिको चिनियाँ दबाबका कारण अमेरिकासमेत विवादमा तानिएको छ । ताइवानमाथि चीनको हस्तक्षेप भए अमेरिका टुलुटुलु हेरेर बस्न नसक्ने वासिंगटनले बेइजिङलाई चेतावनी दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?