प्रदेश २ को नाम र राजधानी टुङ्ग्याऊ समिति गठन, मुख्यतः चार वटा नाम प्रस्तावित

`

     २०७८ पौष १३ गते २:२६

काठमाडौँ, १३ पौष । प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ ।

प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा समितिमा रहने सदस्यहरुको नाम, कार्यक्षेत्र, कार्यविधि र कार्यअवधि सहित ‘राजधानी तथा नामाकरण अध्ययन विशेष समिति, २०७८’ गठनको प्रस्ताव पेस गरेका थिए ।

समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव छन्। त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह, जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह छन् ।

प्रदेश २ को नामाकरणका लागि यसअघि मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा, मध्यमधेश गरि मुख्य चार वटा नाम प्रस्ताव भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?